शुक्रबारसम्मका लागि संसद स्थगित
प्रकाशित मिति : 8 September, 2021 6:25 pm
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई पटकसम्म संसद अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको विषयलाई लिएर बुधबार दुई पटकसम्म संसद अवरूद्ध ग-यो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोलेको सकिनासाथ एमाले सांसदहरूले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरूले सभामुख विरूद्ध नाराबाजी समेत गरेका थिए ।