६ आश्विन २०८१, आइतबार

अफगानिस्तानमा तालिबान विरोधी शक्तिले समानान्तर सरकार गठन गर्ने

प्रकाशित मिति :  8 September, 2021 7:25 pm


काठमाडौं । तालिबानले महिला बिनाको घोषणा गरेको  अन्तरिम सरकारको विरोध गर्दै पञ्जशिरमा तालिबान विरूद्धको मोर्चा कसेको शक्तिले समानान्तर सरकार गठन गर्ने जनाएको छ ।

मोचाका अगुवा नेता अहमद मसुदले इश्लामिक इमिरेट्स घोषण गरी सरकार बनाउने तालिबानको विरोध गर्दै आफूहरूले त्यसको समानान्तर सरकार गठन गर्ने जनाएका छन् ।

मसुदले अन्य राजनीतिक दलसँग छलफल गरेर समानान्तर सरकार गठन गर्ने खामा प्रेसले जनाएको छ ।

मंगलबार तालिबानले मुल्ला मुहम्मद हसन अखुन्दको नेतृत्वमा ३३ सदस्यीय अन्तरिम सरकार गठन गरेको थियो ।

मसुदले भने “ हामीले संक्रमणकाली लोकतान्त्रिक तथा वैधानिक सरकार गठन गर्ने गछौं । त्यो जनताको मतदानबाट अन्तर्राष्ट्रिय समुदायले स्वीकार्य हुनु गरी हुनेछ ।”

अफगानिस्तानका नेता सलाहुद्दीन रब्बानीले पनि तालिबानले एकाधिकारवादी शक्ति ग्रहण गरे उनीहरूको शासन धेरै दिन नचल्ने चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !