८ माघ २०८१, मंगलबार

मेरो नेतृत्व सरकारले एमसीसी संसदमा टेबुल गरेको हो,सभामुख र केही व्यक्तिका कारण भएन :ओली

प्रकाशित मिति :  9 September, 2021 5:09 pm


काठमाडौं । नेपाल भ्रमणमा आएको अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को उपाध्यक्षसहितको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले ओली निवास बाल्कोट पुगेर ओलीसँग भेट गरेको हो । भेटमा क्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले एमसीसी बढाउने प्रयास गरेपनि सभामुख र केही व्यक्तिका कारण रोकिएको जानकारी गराएका छन् ।

विदेश विभाग प्रमुख डा. राजन भट्टराईका अनुसार भेटमा उपाध्यक्षसँग अध्यक्ष ओलीले भनेका थिए,“खासगरी एससीसीको सन्दर्भमा हामी सरकारमा हुँदा एउटा जिम्मेवार सरकारको नाताले अघिल्लो सरकारको सम्झौता भएतापनि दुईवटा देशबीच भएका सम्झौता निरन्तर हुनुपर्छ भनेर पार्टीभित्रै कतिपय रिर्जभेसन हुँदाहुँदैपनि अगाडि बढाउने कोशिस गरेका हौं । सरकारको तर्फबाट संसदमा टेबल गरिसकेका थियौं, सभामुख लगायत केही व्यक्तिको भूमिकाका कारणले यो पारित हुन सकेन ।”

अध्यक्ष ओलीले आहिले आफूहरू प्रतिपक्षमा भएको भन्दै यसबारे सत्तारुढ दलले आफूहरूसँग कुनै छलफल नगरेको बताए ।

आफूहरूको भूमिका बदलिएको भन्दै अध्यक्ष ओलीले भेटमा भनेका थिए,“अहिले हामी प्रतिपक्षमा छौं,हाम्रो भूमिका बदलिएको छ । हिजो सरकारमा हुँदा हामीले जे गरेका थियौं,आज प्रतिपक्षमा हुँदा त्यो गर्न मिल्दैन,तपाईंहरूलाई पनि थाहा छ प्रजातन्त्रमा प्रतिपक्षीको भूमिका के हो ? र सत्तारुढ पार्टीको भूमिका के हुन्छ ? प्रतिपक्षमा भइरहँदा हामीलाई रुलिङ पार्टीले यो विषयमा कुनै कुराहरू छलफल गरेको छैन ।”

भट्टराईका अनुसार भेटमा एमसीसीको टोलीले एमसीसी अगाडि लाने वा नलाने भन्ने विषयमा भइरहेको दुविधाबारे जिज्ञासा राखेका थिए । टोलीको भनाई थियो, “अमेरिकाले यो अनुदानको रुपमा यहाँको अवस्थालाई ध्यानमा राख्दै ल्याएको स्पष्ट पारेका छौं,सुरुदेखि यो तपाईंहरूलाई थाहा छ । लामो समयबाट नेगोसियसन भएर टुंगिएको विषय हो यो । जुनखालको विवाद आयो नहुनुपथ्र्यो जस्तो लागेको   थियो ।”

सुमारको टोली आज बिहान काठमाडौं ओर्लिएपछि पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेट गरेको हो । एमसीसीको विषयलाई लिएर यहाँ तिब्र विवाद भइरहेका बेला उपाध्यक्षसहितको टोली नेपाल भ्रमणमा आएको हो ।



प्रतिक्रिया दिनुहोस !