८ माघ २०८१, मंगलबार

मन्त्रिपरिषद् विस्तारमा सकस : प्रधानमन्त्रीले मागे मन्त्रीहरूको नाम

प्रकाशित मिति :  10 September, 2021 11:49 am


फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि छलफल सुरु गरेको छ । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली तत्काल दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भएको भन्दै देउवाले मन्त्रीहरूको नाम छिटो टुंग्याएर दिन आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

पौडेलले भनिन्,“मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलो भइरहेको भन्दै प्रधानमन्त्री देउवाले छिटो मन्त्रीहरू टुंगो लगाउन नेताहरूलाई आग्रह गर्नुभएको छ ।”

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएर ३० गते पदको शपथ ग्रहण गरेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा अहिले चार मन्त्री र एक जना राज्यमन्त्रीले सरकार चलाइरहेका छन् । मन्त्रिपरिषद गठनमा ढिलाई भइरहेको भन्दै आलोचना भएको छ ।



प्रतिक्रिया दिनुहोस !