तेह्रथुम पावरको आइपीओ पर्यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आइतबार (आज)एनआइबीएल एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड समपन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएको छ । कुल २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियो ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।
यसरी हेर्नुहोस् नतिजा
आइपीओ बाँडफाँड सम्पन्न भएता पनि डाटा अपलोड गर्न ४ देखि ५ घण्टा लाग्ने भएकोले भएकोले अब केही समयपछि मात्रै नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ ।
रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेभसाइट (https://niblcapital.com/) तेह्रथुम पावर कम्पनीको वेभसाइट तथा मेरो सेयरमा एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ ।