एमालेको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित
प्रकाशित मिति : 10 September, 2021 1:37 pm
काठमाडौं । नेकपा एमालेको अवरोधपछि प्रतिनिििध सभाको बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरिएको छ ।
बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले राष्ट्रम घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए । सभामुख अग्नि प्रसाद सापकोटाले पटक पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेपनि अवरोध नहटेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
आफूले कारबाही गरेका सांसदलाई सभामुखले बैठकमा प्रवेश दिएको भन्दै एमालेले विरोध गर्दै आएको छ । माधव नेपाल पक्षलाई नेकपा एकीकृत समाजवादी गठन नहुँदै कारबाही गर्न एमालेले सिफारिस गरेको थियो ।
तर सभामुखले कारबाही नगरेर पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको छ । संसद बैठकपनि एमालेले अवरोध गरिरहेको छ ।