कर विवरण बुझाउने समय एक साताका लागि थपियो
काठमाडौं । कर विवरण बुझाउने समय एक साता थप गरिएको आन्तरिक राजश्व विभागले जनाएकाृ छ । करदाताले भदौ महिनाको २५ गतेभित्र बुझाउनु पर्ने कर अब असोज ३१ गते सम्ममा बुझाए हुने भएको छ ।
विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्राविधिक कठिनाइको कारणले साउन महिनाको बिक्री खाता र खरिद खाता अपलोड गर्न सकेका नसकेकाले समय थपेको विभागले जनाएको छ ।
एक विज्ञप्ती जारी गर्दै आन्तरिक राजस्व विभागले२५ भदौभित्र पनि विवरण बुझाउन नसक्ने करदाताले साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नुसक्ने व्यवस्था गरेको छ ।
थपिएको अवधिसम्म पनि कर विवरण नबुझाएमा भने तोकिएअनुसार जरिवाना हुने विभागले जनाएको छ । विभागले बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएका करदाताका लागि खाताको नमुनाको नयाँ ढाँचा वेबसाइटमा राखेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसअघि भदौ २५ गतेभित्र खरिद बिक्री खाता बुझाइसक्नु पर्ने व्यवस्था गरेको थियो । विभागले भ्याट विवरण र खरिद बिक्री खाता एकै पटक अपलोड गराउँदा सर्भरमा समस्या देखिन सक्ने भन्दै परिमार्जन गरिएको विभागले जनाएको छ ।