८ माघ २०८१, मंगलबार

कर्णाली प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जा बढ्यो

प्रकाशित मिति :  10 September, 2021 2:14 pm


काठमाडौं । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा बढेको छ ।

राष्ट्रबैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको तथ्याङ्क अनुसार समिक्षात्मक अवधिमा ३२.७५ प्रतिशतले वृद्धी भएर ३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कजा ७९.५४ प्रतिशतले वृद्धि भएको थियो । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कुल प्रभावित कर्जामध्ये ७.७४ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकले कर्णालीमा कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै देशमा रहेका युवा जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गरी सबल जीवनयापनको माध्यमको रुपमा विकास गर्नु चुनौती रहेको बताएको छ ।

साथै बैदेशिक रोजगारका लागि विदेश गई कृषि सम्बन्धी ज्ञान तथा सीप हासिल गरेका जनशक्तिलाई कृषि क्षेत्रतर्फ आकर्षित गरी बाँझो रहेका खेतीयोग्य जमीनलाई उपयोग गर्दै सामुहिक व्यवसायिक खेतीतर्फ आकर्षित गर्नुलाई पनि कर्णाली प्रदेशमा कृषि क्षेत्रको चुनौतीको रुपमा उल्लेख छ ।

राष्ट्र बैंकले कृषि सम्बन्धी आवश्यक तालिम,मलखाद तथा बिउ बीजनको सहज आपूर्ति गर्दै उत्पादित कृषिजन्य बस्तुहरुको उचित भण्डारणको व्यवस्था गरी बजारीकरणको व्यवस्था गर्नुपनि चुनौतीको रुपमा औल्याएको छ ।

 



प्रतिक्रिया दिनुहोस !