१३ मंसिर २०८१, बिहिबार

संसदमा अर्थमन्त्रीलाई आरोप,‘कसैको स्वार्थका लागि सेयर बजारलाई प्रभाव पार्ने गरी बोल्नुभयो’

प्रकाशित मिति :  10 September, 2021 2:46 pm


काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष प्रेम सुवालले कसैको स्वार्थका लागि सेयर बजारलाई प्रभाव पार्ने गरी अर्थमन्त्री जनार्दन शर्माले बोल्ने गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सुवालले भने, “अर्थमन्त्री ज्यूले ३७ लाखले सेयर कारोबार गर्ने तर फाइदा सय जनाले उठाउने रहेछ भन्नु भयो, पछि सेयर कारोबारमा मूल्य घट्यो भनेर समाचार आयो, अर्थमन्त्रीले गर्भनरलाई फोन गर्नु भयो अनि सेयरको मूल्य बढ्यो ।”

अर्थमन्त्रीले कसको स्वार्थको लागि बोलेको पनि प्रश्न गर्दै सुवालले थपे,“१०० जनाले मात्र फाइदा लिने भनेर ३७ लाख लगानीकर्तालाई नोक्सानमा पार्नुभयो फेरि भो फेरी गर्भनरलाई फोन गर्नु भयो, फेरी सेयरको मूल्य बढ्यो भनेर आयो अर्थमन्त्री जस्तो व्यक्तिले यस्तो गर्न मिल्छ ?”

 



प्रतिक्रिया दिनुहोस !