सरकारद्वारा खर्च कटौती, बचेको ५ अर्ब रुपैयाँ खोप किन्न प्रयोग हुने
काठमाडौं । सरकारले खर्च कटौती गरेको छ ।
चालू खर्चतर्फ बैठक भत्ता, ईन्धन, मर्मत, कर्मचारी तालीम खर्च, सीप विकास तथा जनचेतना तालीम र गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमा न्युनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको । प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले खर्च कटौती गरेको जानकारी गराएका हुन् ।
यसरी खर्च कटौती गर्दा तत्काल ५ अर्ब रुपैयाँ बचत हुन जाने देखिएको छ । जसबाट ५ अर्ब कोभिड-१९ को खोप खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको अर्थमन्त्री शर्माले जानकारी दिए ।
मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँका दरले उपलब्ध गराइने व्यवस्था मिलाएको विधेयकमा उल्लेख छ । राजनीतिक परिवर्तनको आन्दोलनमा वलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत मासिक ३ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।