१३ मंसिर २०८१, बिहिबार

अनलाइन मिडियाहरुले पनि लोक कल्याणकारी विज्ञापन पाउने

प्रकाशित मिति :  10 September, 2021 6:05 pm


काठमाडौं । अब अनलाइन मिडियाहरुले पनि सरकारी विज्ञापन पाउने भएका छन् । आज संसदमा चालु आर्थिक वर्षको संसोधित बजेट पेश गदै अर्थमन्त्री जर्नादन शर्माले विज्ञापनको दायरा विस्तार गरि अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने बताए ।
त्यस्तै अर्थमन्त्रीले चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानून व्यवसायी, लेखापरीक्षक, लेखापढी व्यवसायी, परामर्श, अभिकर्ता तथा मध्यस्थकर्ता सेवा प्रदायक, लगायतका प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७५र७६‚ २०७६र७७ र २०७७र७८ को आफ्नो करयोग्य आयमा आयकर ऐन‚ २०५८ बमोजिम लाग्ने कर सम्वत् २०७८ साल फागुन मसान्तभित्र बुझाई स्थायी लेखा नम्बर लिएमा सो मा लाग्ने शुल्क तथा ब्याज छुट हुने व्यवस्था गरेको बताए ।

त्यसरी कर बुझाएमा सोभन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिन्हा हुने अर्थमन्त्री शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस !