सरकारी स्वामित्वका कम्पनीलाई रुपान्तरण गरी नेप्सेमा सुचिकृत गरिने
प्रकाशित मिति : 10 September, 2021 6:19 pm
काठमाडौं । सरकारी स्वामित्वका कम्पनीहरुलाई रुपान्तरण गरि नेप्सेमा सुचिकृत गरिने भएको छ ।
आइतबार संसदमा चालु आर्थिक वर्ष ०७८ / ०७९ को संसोधित बजेट पेश गर्दै अर्थमन्त्री जर्नादन शर्माले सरकारको पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गरी नेप्सेमा सुचिकृत गर्ने बताएका छन् ।
अर्थमन्त्री शर्माले पेश गरेको संसोधित बजेटमा लगानीको थप स्रोत जुटाउन सरकारको मातहतमा रहेका सम्भाव्य सार्वजनिक संस्थानहरुलाई आवश्यकता अनुसार नेप्सेमा सुचिकृत गरिने नीति लिइएको उल्लेख गरिएको छ ।
त्यस्तै निरन्तर घाटामा गएका सार्वजनिक संस्थानहरूलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने अर्थमन्त्री शर्माले बताए ।