६ आश्विन २०८१, आइतबार

पेरु कम्युनिष्ट पार्टी साइनिङ पाथका संस्थापक नेता गोञ्जालोको निधन

प्रकाशित मिति :  11 September, 2021 9:59 pm


काठमाडौं । कम्युनिष्ट पार्टी अफ पेरु साइनिङ पाथ संस्थापक नेता अबिमाइल गुजम्यान रेनसो अर्थात गोञ्जालोको निधन भएको छ ।

८६ वर्षको उमेरमा गोञ्जालको निधन भएको हो । कडा सुरक्षाकाबीच उपचार भइरहेका बेला गोञ्जालको निधन भएको पेरुका सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनको आज निधन भएको हो ।

सशस्त्र संघर्षकै क्रममा गोन्जालो सन् १९९२ मा राजधानी लिमा नजिकै पक्राउ परेका थिए । पक्राउपछि उनलाई निरन्तर कडा सुरक्षाकाबीच जेलमा राखिएको थियो ।

पेरुमा कम्युनिष्ट पार्टी गठन गर्नुअघि उनी दर्शनशास्त्रका प्राध्यापक थिए । साइनिङ पाथले देशका अधिकांश भुभाग कब्जा गर्दै राजधानी लिमालाई समेत कब्जा गर्नै लाग्दा गोञ्जालो पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस !