सरकारसँग सम्झौतापछि विप्लवको आज पहिलो सार्वजनिक सम्बोधन
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध आज काठमाडौंमा प्रर्दशनसहित जनसभा गर्दै छ ।
अमेरिकी सहयोग एमसीसीको विरोधमा देशव्यापि विरोध कार्यक्रम गर्दै आएको नेकपाले विरोधसहित सभा गर्न लागको हो । सभालाई महासविच नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्दैछन् ।
गत फागुनमा खुल्ला भएपछि महासचिव विप्लवले पहिलोपटक खुल्ला सभालाई सम्बोधन गर्न लागेका हुन् । सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका अध्यक्ष सिपि गजुरेल , नेकपा (माले) का महासचिव सिपि मैनाली , नेकपा ( माओवादी केन्द्र) का संयोजक कर्णजित बुढाथोकी , नेपालका लागि नेपालीका संयोजक डा. सुरेन्द्र भण्डारीलगायतले सम्बोध गर्ने नेकपाले जनाएको छ ।
मध्यान्ह १२ बजे काठमाडौँको त्रिपुरेश्वर , बबरमहल र लैनचौरवाट सुरु भएको विरोध र्याली खुल्ला मञ्जमा पुगेर जनसभामा परिणत हुने नेकपाले जनाएको छ ।