६ आश्विन २०८१, आइतबार

चीनद्वारा अमेरिकालगायत विश्वसँग अफगानिस्तानलाई सहयोग गर्न आग्रह

प्रकाशित मिति :  13 September, 2021 7:27 pm


काठमाडौं । चीनले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक संकटमा फसेको अफगानिस्तानलाई सहयोग गर्न सोमबार आग्रह गरेको छ ।

अफगानी भूमिबाट आतंकवादी समूहहरूलाई गतिविधि गर्न नदिने प्रतिबद्धता पूरागर्नुपर्ने बताउँदै चीनले यस्तो आग्रह गरेको हो ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजिआनले सोमाबार पत्रकारहरूलाई भने “अफगानिस्तानका तालिबानले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने र सबै आतंकवादी समूहहरूसँगको सम्बन्ध स्पष्टरूपमा भंग गर्नुपर्ने र आतंकवादी गतिविधि फैलिन नदिन असरदार मापदण्ड अपनाउनुपर्ने छ ।”

अन्तर्राष्ट्रिय समुदायको साझा खतरा भनेको अझ आतंकवाद रहेको छ । चीनले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर अफगानिस्तानलाई सुरक्षित घर बनाएर बसेका आतंकवादीहरू विरूद्धको लडाइँमा लड्न तयार रहेको उनले जनाए ।

राष्ट्रसंघको महासचिवले अफगानिस्तानलाई सहयोग गर्न गरेको आग्रह अनुसार चीनले अफगानिस्तानलाई ३ करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उनले जनाए ।

 



प्रतिक्रिया दिनुहोस !