साहस उर्जाले असोज ६ गतेदेखि ७० लाख कित्ता सेयर आईपीओ ल्याउँदै
काठमाडौं । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही असोज ६ गतेदेखि ७० लाख कित्ता सेयर आइपीओ निष्काशन गर्न गर्न लागेको हो ।
कम्पनीले आइपीआो आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि गत साउन २९ गते देखि ३५ लाख कित्ता सेयर निष्काशन तथा बिक्री गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्र्रतिकित्ता १०० अंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
उक्त सेयर मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले असोज ६ गतेदेखि असोज १० गतेसम्म उक्त सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखी अधिकतममा १० लाख ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले उक्त कम्पनीको आईपीओलाई इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।