६ आश्विन २०८१, आइतबार

अफगानी निजी क्षेत्रद्वारा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई रोक्का रकम निकासा दिन आग्रह

प्रकाशित मिति :  14 September, 2021 2:09 pm


काठमाडौं । अफगानिस्तानको निजी क्षेत्रका अगुवाहरूले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई ९ अर्ब अमेरिकी डलर बराबरको संरक्षित कोष फुकुवा गर्न आग्रह गरेका छन् ।

चेम्बर अफ इन्डस्ट्री एन्ड कमर्सका प्रतिनिधिहरूले रोक्का गरिएको संरक्षित कोष फुकुवा नगरिए आर्थिक तथा मानवीय संकट उत्पन्न हुने जनाउँदै त्यो फुकुवा गर्न आग्रह गरेका हुन् ।

अफगानिस्तानको केन्द्रीय बैंकको ९ अर्ब अमेरिकी डलर बराबरको संरक्षित कोष तालिबानले १५ अगस्टमा काबुल कब्जामा लिएपछि अमेरिकाले रोक लगाएको थियो ।

अफगानिस्तानका उद्योगी तथा लगानीकर्ताहरूले मानवअधिकारको उल्लंघन नगरी रोक्का गरिएको रकम निकासा गर्न आग्रह गरे ।

त्यो रकम अफगानी जनताको भएको कुनै सरकारको नभएको जनाउँदै उद्योगी व्यवसायीहरूले यस्तो बताएका हुन् ।

यसअघि अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले रोक्का गरिएको रकम निकासा गर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !