८ माघ २०८१, मंगलबार

प्रतिस्थापन विधेयक पारितमा ढिलाइ, राज्यले गर्ने खर्च केही दिन रोकिने

प्रकाशित मिति :  14 September, 2021 3:00 pm


काठमाडौं ।  केही दिन राज्यले गर्ने खर्च रोकिने भएको छ ।

प्रतिनिधि सभामा प्रस्तुत भएको प्रतिस्थापन विधेयक पारित हुन ढिलाई हुने भएसँगै केही दिन सरकारी खर्च रोकिने भएको हो ।
संविधानअनुसार अध्यादेश संसदमा प्रस्तुत भएको ६० दिनमा पारित नभएमा निस्क्रिय हुन्छ ।

तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट भोलीसम्म मात्रै सक्रिय रहन्छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्ठापन विधेयक पारित हुन केही ढिलाइ हुने भएकाले सरकारी खर्च रोकिन सक्ने बताए ।

उनले राजनीतिक दलहरूसँग छलफलमार्फत सहमति गर्ने प्रयास भइरहेको बताउँदै सहमति भएसम्म प्रतिष्ठान विधेयकलाई सहमतिबाटै पारित गर्ने बताए ।

संसद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री शर्माले भने,“सहमति भएसम्म सहमति अनुसार पारित गर्छौँ । सहमति भएन भने नियमित प्रक्रिया पुर्‍याएका हुन्छौँ ।”

कर उठाउने विशेष व्यवस्था भएकाले कर उठ्ने र राज्यले गर्ने खर्च भने ५र७ दिन रोकिन सक्ने बताए । प्रतिस्थापन विधेयक पास भएपछि मात्रै राज्यले गर्नुपर्ने नियमित खर्चहरू शर्माको भनाई छ ।

भदौ ३० गतेभित्र अध्यादेश या विनियोजन विधेयक पारित भइसक्नु पर्ने भएपनि प्रतिनिधि सभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ । नेकपा एमालेले संसद अवरोध कायमै राखिरहेको छ ।

एमालेको विरोधकाबीच पनि शर्माले गत शुक्रवार प्रतिनिधि सभामा बजेट प्रतिस्थापन विधेयकको रुपमा विनियोजन विधेयक पेश गरेका    थिए ।



प्रतिक्रिया दिनुहोस !