६ आश्विन २०८१, आइतबार

चीनको रोजगार बजार अगस्टमा सन्तुलित

प्रकाशित मिति :  15 September, 2021 12:00 pm


काठमाडौं । चीनको रोजगार बजार अगस्ट महिनामा सन्तुलित रहेको बुधबार सार्वजनिक औपाचारिक डेटाले दर्शाएको छ ।

शहरिया बेरोजगार दर अगस्टमा ५.१ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक ब्युरोको आँकडामा देखियो । जुलाईको डेटा भन्दा यो परिवर्तन भएको देखिएको छैन् ।

यो वर्षको पहिलो आठ महिनाहरूमा चीनमा शहरिया क्षेत्रमा नयाँ रोजगार ९३ लाख ८० हजार सिर्जना भएको छ । बार्षिक बजेटको लक्ष्य अनुसार ८५.३ प्रतिशत लक्ष्य पूरा भएको जनाइएको छ ।

१६ देखि २४ वर्ष उमेर समूह बीचकाहरूमा बेरोजगार सर्भे दर०.९ प्रतिशत बिन्दुले तल झरेको छ ।जुलाईको १५.३मा यो बिन्दु झरेको हाो । त्यसैगरी २५ देखि ५९ वर्ष उमेर समूहकाको बहुल्य रहेको श्रम बजारमा बेरोजगारी दर ४.३ प्रतिशत रहेको देखियो ।

यो बेरोजगार दर सर्भेमा ३१ सहरमा ५.३ प्रतिशत गत महिना रहेको थियाो । जुलाईको भन्दा यो बिन्दु ०.१ प्रतिशत बढेको छ ।

शहरिया बेरोजगार दर सर्भेको गणना रोजगार सर्भेमा सहभागी भएकाहरूको आधारमा गरिन्छ । यसमा सहरहरूका आप्रवासी मजदुरहरू पनि समावेश भएका हुन्छन् ।



प्रतिक्रिया दिनुहोस !