६ आश्विन २०८१, आइतबार

अन्तर्राष्ट्रिय समुदायसँग गरिएको प्रतिबद्धताबारे तालिबानी शीर्ष नेताहरूबीच मतभेद

प्रकाशित मिति :  15 September, 2021 2:31 pm


काठमाडौं । अन्तर्राष्ट्रिय समुदायसँग गरिएको प्रतिबद्धताबारे तालिबानी शर्ष नेताहरूबीच मतभेद उत्पन्न भएको छ । तलिबानले नयाँ सरकार गठनको केही पछि नै सरकारमा रहेका शीर्ष नेताहरूबीच मतभेद देखिएको स्रोतलाई उल्लेख गरी बीबीसीले समाचार प्रकाशन गरेकाे छ ।

विभिन्न समूहहरूको रूपमा रहेको तालिबानका दुई प्रतिस्पर्धी समूहबीच राजधानी काबुलस्थित राष्ट्रपति भवनमा चर्काचर्की भएको छ । अमेरिकामाथिको विजयमा कसको योगदान बढी रहेको चर्काचर्कीको मुख्य विषय रहेको र त्यसका आधारमा नयाँ सरकारमा हिस्सा पाउनुपर्ने विषय रहेको थियो ।

तालिबानले यो मतभेदको कुरालाई औपचारिकरूपमा अस्वीकार गरेको छ । तालिबानले बनाएको अन्तरिम सरकारमा तालिबानका बरिष्ठ नेताहरू रहेका छन् । ती मध्ये कतिपय दुई दशकमा अमेरिका विरूद्ध कुख्यात आक्रमण गरेकाहरू पनि रहेका छन् ।

तलिबानका संस्थापक नेता मूल्ला अब्दुल गानी ब्रादर केही दिन यतादेखि सार्वजनिकरूपमा उपस्थित हुन छाडेका छन् । । पश्तो नेता ब्रादर र शरणार्थी मन्त्री खलिल उर रहमान हक्कानीबीच चर्काचर्की परेको हो ।

कतारस्थित तालिबानका एक बरिष्ठ नेता तथा सो विवादसँग संलग्न व्यक्तिले गत साता राष्ट्रपति भवनमा उनीहरूबीच चर्काचर्की परेको थियो । उपप्रधानमन्त्रीको पदमा रहेका ब्रादर अन्तरिम सरकारको संरचनाबाट खुशी छैनन् ।

ब्रादर र हक्कानीबीच अमेरिका विरूद्धको यो जीतमा कुटनीतिक तथा राजनीतिक पहलबाट भएको र लडाकुहरूको लडाइँबाट भएको विवाद भएको हो । ब्रादर कुटनीति र राजनीतिलाई बढी जोड दिइरहेका छन् भने हक्कानीले लडाकुको लडाइँलाई बढी जोड दिइरहेका छन् ।

अमरिकी राष्ट्रपतिसँग सीधा टेलिफोन कुरा गर्ने पहिला तालिबानी नेता ब्रादर हुन् । डोनाल्ड ट्रम्पसँग २०२० मा टेलिफोन संवाद गरेका थिए । दोहामा अमेरिकी सेना फिर्ता गर्ने सम्झौतामा तालिबानको तर्फबाट हस्ताक्षर गर्नु अघि ब्रादरले सो टेलिफोन संवाद गरेका थिए ।

ठिक यही बेला हक्कानी नेटवर्क अफगानिस्तानमा केही सर्वाधिक हिंसात्मक आक्रमण गराउने समूहको रूपमा चिनिएको छ । हक्कानी नेटवर्कले अफगानी र पश्चिमी सेना विरूद्धको आक्रमण गरेको समूहको रूपमा परिचय बनाएको हो । हक्कानी समूहलाई अमेरिकाले आतकंवादीको कालो सूचीमा समावेश गरेको छ ।

हक्कानी समूहका नेता सिराजुद्दीन हक्कानी अहिले नयाँ सरकारको गृहमन्त्रीको जिम्मेवारीमा छन् । गत सातादेखि ब्रादर सार्वजनिक परिदृश्यबाट हराइरहेको हल्ला चलिरहेको छ । सामाजिक सञ्जालमा उनको निधनको खबर पनि चलेको थियो ।

राष्ट्रपति भवनमा भएको चर्काचर्की पछि ब्रादर काबुलबाट कान्दाहार गएका थिए । ब्रादरले आफू मरेको खबर सार्वजनिक भएपछि एक अडियो सोमबार सार्वजनिक गरेका थिए ।

तालिबानका सर्वोच्च कमान्डर हिबातुल्लाह अखुन्दजादा अहिलेसम्म सार्वजनिकरूमा देखिएका छैनन् । उनी तालिबानको राजनीतिक , सैनिक तथा धार्मिक मामिलाको जिम्मेवार नेता हुन् ।
ठिक यही बेला अफगानिस्तानका कार्यवाहक विदेशमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलई सहयोग गर्न आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघले अफगानिसतानलाई १ अर्ब २० करोड बढी अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेको छ ।

स्रोतः बीबीसी

 

 



प्रतिक्रिया दिनुहोस !