६ आश्विन २०८१, आइतबार

‘चिनियाँ राष्ट्रपति सी भ्रष्ट नातेदार र पार्टी नेताको घेरामा’

प्रकाशित मिति :  15 September, 2021 6:12 pm


काठमाडौं । समृद्धि आमजनतामा बाँड्नुपर्ने अभियान चलाएका चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रष्ट नातेदार र पार्टीका नेताहरूबाट घेरिएर रहेको एक पुस्तकले खुलासा गरेको छ ।

नातेदाहरूमा सीकी दिदी कि किआओकिआओ र भिनाजु देङ जिआगुइको नाम अग्रपंक्तिमा आएको छ । उनीहरू बेइजिङ सेन्ट्रल पिपुल्स ट्रस्ट रिअल इस्टेट डिभलपमेन्ट कोरपोरेसन लिमिटेडका मालिक हुन् ।

सीका दिदी भिनाजुले सीको ओहदाको लाभ पाएर स्थानीय सरकारहरूले सर्वोत्तम जग्गा उनीहरूलाई दिएको र उनीहरूको व्यापार दिन दुना रात चौगुनाको दरले विकास गरेको उल्लेख गरिएको छ ।

खोजी पत्रकारहरू अन्तर्राष्ट्रिय समूह आईसीआईजको २०१४ को रिपोर्टमा देशबाहिर बैंक खाता हुनेहरू चिनियाँ घरानियाँहरूको सूचीमा सीका भिनाजु देङपनि परेका थिए ।

रिअल इस्टेट रजिस्ट्रेसनका आधारमा हङकङको ब्राएमर हिल गार्डनको करोडौं अमेरिकी डलर बराबरको सम्पत्ति किको नाममा दर्ता रहेको छ ।

सन् २०१२मा ब्लुमबर्गले सीको विस्तारित परिवारको सम्पत्ति ३७ करोड ६० लाख अमेरिकी डलर बराबरको सम्पत्ति रहेको उल्लेख गरेको थियो । जसमा राज्यको स्वामित्वमा रहेको जिआङसी रेअर अर्थ र रेअल मेटल्स तुङस्टेन ग्रुपमा १८ प्रतिशत सेयर समेत गरी थियो ।तर यी सबै सम्पत्ति मध्ये सीधा रूपमा राष्ट्रपति सी वा उनकी पत्नी पेङ लियुआनको नाममा थिएन।

सन्२०१४मा न्युयोर्क टाइम्सले सीले उनको विस्तारित परिवारलाई तिनका सम्पत्ति बेचिदिन दबाब दिएको समाचार सार्वजनिक गरेको थियो ।सीका दिदी भिनाजुले उनको सम्पत्ति किन्चुआन दादी इन्भेस्टमेन्ट कम्पनीमा पठाइ दिए तर तिनका अधिकांश सेयर बेचेनन् ।

चीनको कम्युनिस्ट पार्टीले विदेशी नागरिकता लिएका सेलिब्रेटीहरू विरूद्ध अभियान सञ्चालन गरेको छ ।तर सीका आफ्नै परिवारका सदस्यहरूको देशबाहिर सम्पत्ति, स्थायी निवास र राहदानी रहेको पुस्तकले खुलाएको छ ।

दिदी कि र भिनाजु देङसँग क्यानाडाको स्थायी आवासीय अधिकार छ । हार्वर्ड युनिभर्सिटीबाट स्नात्तकको शिक्षा लिन खोजेकी सीकी छोरी सी मिङझेसँग अमेरिकाको ग्रिनकार्ड रहेको भनिएको छ ।

पुस्तकले पार्टीका नेताहरूको बारेमा पनि उल्लेख गरेको छ । हान झेङलाई संघाईको पार्टी सेक्रेटरीमा बढुवा गरियो । पार्टीले केही महिना पछि हानले अस्ट्रेलियाको बैंकमा २ करोड अमेरिकी डलर लुकाइरहेको पत्ता लगायो । डेसमन्ड शुमको किताब ‘रेड रुलेटः अन इनसाइडरर्स स्टोरी अफ वेल्थ, पावर, क्रप्सन एन्ड भेनगेनान्स इन टुडेज चाइना’मा यो उल्लेख छ ।

पुस्तकका अनुसार पार्टीले हानको गल्तीलाई अनदेखा गरेको छ । उनको हैसियत पोलिटब्युरोको स्थायी समिति सदस्यको जस्तो छ । राष्ट्रपति सीको उपनेता भएर संघाईमा काम गरेकाले उनले त्यो हैसियत बनाएका छन् ।

सन् २०१२ न्युयोर्क टाइम्सका संवाददाता डेभिड बारबोसाले पूर्व चिनियाँ प्रधानमन्त्री वेन जिआबाओको परिवारकाो कुल सम्पत्ति २अर्ब ७० करोड अमेरिकी डलर बराबरको रहेको र त्यो सम्पत्ति वेनले आफ्नो आमा याङ झियुमको नाममा लुकाएको आरोप सहितको समाचार पहिलो पटक छापेका थिए ।

बारबोसाले गरेको दाबी सहित त्यो समाचारसँग शुमको मतभेद छ । वेन जिआबाओको परिवारको सम्बन्धबाट उनको सम्पत्ति विशेषगरी हङकङको पिङ अनको सेयर खरिदबाट प्राप्त भएको भनाइबाट शुमको असहमति रहेको छ ।

शुमको दाबी अनुसार जिआबाओ वेन परिवारकाो व्यवसाियक सम्पत्तिबारे जानकार थिएनन् । जब यो स्क्यान्डल सार्वजनिक भयो वेन क्रोध व्यक्त गरेका थिए ।

उनको परिवारको व्यवसायिक कारोबारमा पार्टी नेताको रूपमा लि झानशुको आएको छ ।

लि झानशु र उनको व्यवसायिक कारोबारहरूमा हङकङ नेसनल सेक्युरिटी कानुनमा निर्णायक भूमिका खेलेको भनिएको छ । यो कानुनले पार्टीका विद्रोहीलाई तह लगाउन एक शक्तिशाली हतियार दिएको भनी न्युयोर्क टाइम्समा समाचार छापिएको थियो ।

शुमले पुस्तकमा लेखे अनुसार चीनका अधिकारीहरूले आफ्ना महत्वांकाक्ष सार्वजनिक कहिल्यै गर्दैनन् । यो आचरण बो सिलाइले भंग गरेर सन् २००७ पछि अर्को महासचिवको रूप आफूलाई प्रस्तुत गरे ।

बो र सी दुवै चाङकाइसेकको राष्ट्रवादी दल विरूद्ध लडेका माओत्सेतुङसँग मिलेर लड्ने कम्युनिस्ट पार्टीका अमर नेताहरूका छोरा हुन् । बोले भ्रष्टाचार विरूद्धको लडाइँमा चोङकिङ मोडल बढाएर पार्टीको पालिका सेक्रेटरी भएर कााम गरेका थिए ।

तर बोको भविष्य अमेरिकी नागरिक निल हेइउडको मृत्युसँगको स्क्यान्डलमा जोडिएपछि समाप्त भयो । बोलाई आजीवन कारावासको सजाय दिइयो । त्यतिखेर वेन जिआबाओले सीलाई समर्थन गरे र आफ्नो राजनीतिक शक्ति बढाएको पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकमा सीको भ्रष्टाचार विरोधी अभियान अन्ततः प्रतिस्पर्धी मास्ने अभियान रहेको उल्लेख गरिएका छ । यो पुस्तकका लेखक शुम बीबीसी वल्र्ड सर्भिसका लागि चिनियाँ मिडियामा काम गरेका पत्रकार हुन् ।

 



प्रतिक्रिया दिनुहोस !