६ आश्विन २०८१, आइतबार

चीनको सामना गर्न बेलायत, अमेरिका र अष्ट्रेलियाद्वारा ‘ओकस’ रक्षा सम्झौता घोषणा

प्रकाशित मिति :  16 September, 2021 1:13 pm


काठमाडौं । ब्रिटेन, अमेरिका र अष्ट्रेलियाले एक ऐतिहासिक सम्झौता गरेका छन् । हिन्द प्रशान्त महासागरीय (इन्डो–प्यासिफिक)क्षेत्रमा चीनसँग मुकाबिला गर्न यो सम्झौता गरिएको देखिएको छ ।

यो सम्झौताले अमेरिकाले प्रदान गर्ने प्रविधिको प्रयोग गरी अस्ट्रेलियालाई पहिलो पटक परमाणु शक्तियुक्त पनडुब्बी बनाउन सहयोग दिनेछ ।

‘ओकस’ को नामले चिनिने यो सम्झौतामा कृत्रिम बौद्धिकता (एआई) , क्वान्टम प्रविधि र साइबर क्षेत्रका प्रविधिहरू समावेश गरिने छ ।
विश्लेषकहरूले बितेका दशकहरूमा यी देशहरू माझ यो रक्षा साझेदारी सबै भन्दा ठूलो रहेको बताएका छन् ।

हालका वर्षहरूमा, पश्चिमा लोकतान्त्रिक देशहरूले हिन्द प्रशान्त महासागरीय क्षेत्रमा चीनको बढ्दो सैन्य शक्तिका बारेमा चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बिडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उनका अस्ट्रेलियाका समकक्षी स्कट मोरिसनले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ “यो क्षेत्रमा नयाँ साझेदारीको उद्देश्य यस ‘सुरक्षा र समृद्धि’ बढाउनु हो ।”

वासिंटनस्थित चिनियाँ दूतावासले यी देशहरूलाई ‘शीतयुद्धकालीन मानसिकता र वैचारिकरूपमा पूर्वाग्रही विचार’ बोकेको आरोप लगाइ सम्झौताबारे प्रतिक्रिया व्यक्त गरेको छ ।

यो सन्धिको मतलब अष्ट्रेलियाले सन् २०१६मा फ्रान्ससँग १२ पनडुब्बी निर्माण गर्न गरेको सम्झौता भंग भएको हुन्छ ।



प्रतिक्रिया दिनुहोस !