६ आश्विन २०८१, आइतबार

चीन प्रतिरोधी त्रिदेशीय ओकस परमाणु पनडुब्बी सम्झौता फ्रान्सका लागि पिठ्युँमा छुरा

प्रकाशित मिति :  16 September, 2021 1:41 pm


काठमाडौं । फ्रान्सले अमेरिका, अस्ट्रेलिया र बेलायतसम्मिलित चीन प्रतिरोधी त्रिदेशीय ओकस परमाणु पनडुब्बी सम्झौताप्रति फ्रान्सले दुख व्यक्त गरेको छ ।

यो त्रिदेशीय परमाणु पनडुब्बी सम्झौताले अस्ट्रेलियालाई परमाणु शक्तिकृत पनडुब्बी प्राप्त गर्ने बाटो खोलेको छ ।यसबाट अमेरिकी नेतृत्वको उत्तर अटलान्टिक सैनिक संगठन नेटोको सदस्य देश फ्रान्सलाई ठूलो घाटा लागेको छ ।

अस्ट्रेलियाले यसअघि सन् २०१६मा परमाणु पनडुब्बी बनाउन फ्रान्ससँग सम्झौता गरेको थियो ।यो त्रिदेशीय सम्झौताले फ्रान्ससँग गरिएको सम्झौता समाप्त भएको अर्थ लाग्छ ।

फ्रान्सको जहाज निर्माता कम्पनी नभल ग्रुपले यो त्रिदेशीय सम्झौता प्रति दुख व्यक्त गरेको छ । अस्ट्रेलियाको प्रेस अनुसार फ्रान्ससँग गरिएको सम्झौताको मूल्य ६६ अर्ब अमेरिकी डलर बराबरको थियो ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनको समर्थनमा यो सम्झौता भएको थियो । यो त्रिदेशीय सम्झौतालाई फ्रान्सको पिठ्युँमा छुरा रोपेकोरूपमा भएको कतिपय युरोपियन थिंकट्यांकको भनाइ छ ।

नभल ग्रुपमा फ्रान्सेली सरकारको ६२ प्रतिशत सेयर रहेको छ । यो सम्झौतालाई फ्रान्सका राष्ट्रपति म्याक्रोनका लागि ठूलो धक्काको रूपमा पनि लिइएको छ ।



प्रतिक्रिया दिनुहोस !