९ माघ २०८१, बुधबार

अफगानिस्तानमा आतंक विरूद्धकाे युद्धमा भ्रष्टाचार, बजेटको एक तिहाइ बढी हतियार कम्पनीको गाेजीमा

प्रकाशित मिति :  16 September, 2021 5:04 pm


काठमाडौं । ब्राउन युनिभर्सिटीले ‘युद्धको मुनाफा’ शीर्षकमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी सुरु गरेको आतंकवाद विरूद्ध युद्ध ‘वार अन टेरर’का लागि छुट्टयाइएको रक्षा खर्चबाट भएको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन हालै सार्वजनिक गरेको छ ।

अक्टोबर २००१ देखि अफगानिस्तानमा सुरु गरेको सैनिक हस्तक्षेपमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले कुल १४० खर्ब अमेरिकी डलर बराबरको खर्च यसले उल्लेख गरेको छ । सन् २००२ देखि २००३सम्म बढेको रक्षा बजेट अन्य कुनै देशको समग्र सैनिक खर्च भन्दा यो बढी रहेको थियो ।

वार अन टेररका लागि छुट्टयाइएको रक्षा बजेटको एक तिहाइदेखि आधा जति हातहतियार बनाउने रक्षा कम्पनीहरूको खल्तीमा पुग्यो । ती कम्पनीले बन्दाबस्ती तथा पुनसंरचना, निजी सुरक्षा सेवा तथा हातहतियारहरू उपलब्ध गराउँछन् । यस्ता ठेकदार कम्पनीहरू प्रायः जसो भ्रष्टाचारमा मुछिने गरेका छन् ।

युद्धकालीन सर्तहरूको अर्थ स्तरीय ठेक्का प्रक्रियाहरूमा धोको भएको देखिएकाे हाे । पेन्टागनबाट लुट्न सक्ने क्षमता सरकारसँग सम्बन्ध भएका कम्पनीहरूका लागि सजिलो रहेको देखिएको जनाइएको छ ।

हतियार बनाउने कम्पनीहरूमा लकहीड मार्टिन, बोइङ, जेनरल डायनामिक्स, रेथिअन र नर्थरोप जर्मनले हालका वर्षहरूमा एक चौथाइदेखि एक तिहाइसम्मको पेन्टागनका ठेक्का पाउँदै आएका छन् । विगतका पाँच मध्ये चार रक्षामन्त्रीहरूले यी पाँच मध्ये एकसँग काम गरेको कुरो कुनै संयोग छैन।

यो भ्रष्टाचारसम्बन्धी प्रतिवेदनको विशेष प्रकाश पारिएको कम्पनी ह्यालिबर्टन हो । अमेरिका सेनालाई देशबाहिर सहयोग पुर्याउने ठेक्का बिना कुनै प्रतिस्पर्धा ह्यालिबर्टनले पाएको थियो । यो कम्पनीलाई सैनिक आधारशिविर खडा गर्नु तथा त्यसको व्यवस्थापन, उपकरणको व्यवस्थापन, केटरिङ र लन्ड्री सेवा समेतको ठेक्का बिना कुनै प्रतिस्पर्धा दिइयो ।

पेन्टागन भित्रको आन्तरिक पुनरावलोकनमा कम्पनीले आधारभूत वस्तु तथा सेवाका लागि बढी खर्च असुल गरेको रकम करोडौंमा गरिएको पाइएको छ । सैनिक आधार शिविर खडा गर्दा जोखिमपूर्ण शिविर खडा गरिदिएर सेना जोखिममारेको पाइयो ।

त्यतिमात्रै होइन ह्यालिबर्टनले वासिंटनबाट बिल भुक्तानी लिइएको देखिएको छ । तर त्यो वस्तु वा सेवा उपलब्ध गराइएको छैन् । सन् २००९माा खाना खर्च उठाइएको छ । त्यसमाा ३६ प्रतिशत खानाको संख्या बढाइएको छ । सन् २००४ देखि २००८ सम्म कम्तीमाा १८ सैनिक जवानको शिविर ह्यालिबर्टनले इराकमा बनाएको थियो । त्यहाँ गलत ढंङबाट बिजुली व्यवस्था गर्दा बिजुली काटिएकाे थियो ।

यो बिजुली काटिएका कारण एक जनाको ज्यान गयो । कांग्रेसले यसको अनुसन्धान बढायो । अध्ययनमा बिजुलीको गम्भीर समस्याका कारण घटना भयो र घाइते व्यक्तिको मृत्यु भयो ।ह्यालिबर्टनले केही गरेन् ।

कम्पनीले सिकारु र गैर अनुभवी इलेक्ट्रिसिअनलाई कम दरमा काममा लगाउने गरेको पाइयो । वासिंटनबाट तिनको बिल भुक्तानी दक्ष कामदारलाई तिर्ने बराबर लिइएको पाइयो ।
एफबीआई, न्याय विभाग र पेन्टागनका महानिरीक्षक समेतले अपराध अनुसन्धान गरेको भएपनि ह्याालिबर्टनको इराकमा काम गर्ने एक जना कामदारलाई सजाय भएन् ।

काममा चासो दिने कामदारलाई कामबाट निकाल्ने काम भएको पाइएको छ । १९९५ देखि २०००सम्म कम्पनीको प्रमुख कार्यकारी भएर काम गरेका उपराष्ट्रपति डिक चेनीका कारण कम्पनीका सब खत माफ भए । चेनीको त्यो कम्पनीमा अझ पनि करोडौं बराबरको सेयर रहेको छ ।

करोडौं डलर बराबरको क्षतिपूर्ति कम्पनीका लागि माफ भयो जतिखेर वार अन टेरर सुरु भयो । अमेरिकी युद्धकलाको निजीकरणका लागि चेनी पनि एक महत्वपूर्ण व्यक्ति हुन् । सन्१९९२मा उनको निर्देशनमा रक्षामन्त्रीले पेन्टागनबाट ह्यालिबर्टन कम्पनीको मााउ कम्पनीलाई ३९ लाख अमेरिकी डलर बराबरको भुक्तानी गर्न लगाए ।

अफगानिस्तानमा रक्षा बजेटको दुरुपयोग गरिएको विषयमा युद्धको मुनाफासम्बन्धी दस्तावेजले प्रस्ट पारेको छ । अमेरिकाले एक आर्थिक कार्यदल नियुक्त गरेका थियो । यो कार्यदल कुनै ग्यास स्टेसन निर्माण बारेको खर्च आकलन गर्न थियो । ४ करोड ३० अमेरिकी डलर बराबरको खर्च भयो तर ग्यास स्टेसन कहिल्यै उपयोगमा आएन् ।

आर्थिक सल्लाहकारहरूका लाागि बस्ने क्वार्टहरूका लाागि १५ करोड अमेरिकी डलर खर्च भयो । अफगानी प्रहरीका पेट्रोल डुङगाका लाागि ३० लाख अमेरिकी डलर बराबर खर्च भयो तर त्यो कहिल्यै उपयोग भएन् । २ अर्ब अमेरिकी डलर बराबरको यातायात ठेक्काबारे अमेरिकी कंग्रेसको अनुसन्धान महत्वपूर्ण छ ।

युद्ध सरदार, प्रहरी अधिकारीका लाागि प्रति वाहन १५०० अमेरिकी डलर खर्च ३सय ट्रकका लाागि गरिएको देखिएको छ ।
सन्२०१९मा नेसनल डिफेन्स स्ट्रेटजी कमिसनले सार्वजनिक गरेको एक रिपोर्टमा पेन्टानको वार्षिक बजेटमा ३देखि पाँच प्रतिशत चीनको खतराकाा लाागि बढाउने गरिएको उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !