४ आश्विन २०८१, शुक्रबार

आजदेखि ‘विज्ञानको लागि आवाज अभियान’ सुरु

प्रकाशित मिति :  17 September, 2021 12:08 pm


काठमाडौं । राष्ट्रिय विज्ञान दिवस असोज १ गतेदेखि ‘ विज्ञानको लाागि आवाज अभियान’ सुरु गरिएको छ ।

नेपालका युवा वैज्ञानिकहरू, विज्ञान शिक्षकहरू र विज्ञानकर्मीहरूको एक समूहको पहलमा यो अभियानलाई अगाडि बढाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा विज्ञान तथा प्रविधिले पु¥याएको योगदानको सराहना र समीक्षा गर्दै आगामी दिनमा देशको समाजिक रूपान्तरण तथा आार्थिक समृद्धिका क्षेत्रमा देखिएका बाधा हटाउन विज्ञान तथा प्रविधिको उपयोगबारे एक छलफलको आयोजना गरियो ।

विज्ञानका लागि आवाज अभियानका संयोजक दिनेशराज भुजुले यसका लागि अनुसन्धान तथा विकासमा लगानीको आवश्यकता रहेको बताए । अनुसन्धान तथा विकाासमा लगानी अभिवृद्धि गर्न, वैज्ञानिक संस्कृतिको प्रवद्र्धन गर्न र हाम्रो जीव मण्डलको रक्षा गर्न आवाज बलियो पार्नु आवश्यकता रहेको संयोजक भुजुले बताए ।

उनले यस विषयमा आजदेखि सरोकारवाला सबैसँग छलफल अगाडि बढाएको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !