नेकपा (एकिकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा चौधरी
प्रकाशित मिति : 17 September, 2021 7:13 pm
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् ।
प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीलाई अध्यक्ष र राजु गुरुङलाई सचिवमा चयन गरेको हो । भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी दिएको छ ।
केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको सचिवालय सदस्य रहनेछन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को पहिलो बैठकले प्रदेश नेतृत्व चयन गरेको हो ।
प्रदेश अध्यक्ष चयन भएपछि चौधरीले नेकपा एमालेले चुनाव जित्ने आधार नभएको दाबी गर्दै नेकपा एकिकृत समाजवादी ठूलो पार्टी बन्ने दाबी गरे ।