९ माघ २०८१, बुधबार

भालुवाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने निर्णय,५७ जनालाई प्रदेश पदकले सम्मान गरिने

प्रकाशित मिति :  17 September, 2021 8:58 pm


रुपन्देही । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थायी राजधानी मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले शहरी विकास मन्त्रालयमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यवस्थान गर्ने निर्णय गरेको हो । संविधान दिवसको २०७८ को अवसरमा ५७ जना प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई प्रदेश पदकद्वारा सम्मान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्मा प्रदेश पदक प्रदान गर्ने, साविकको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारको कार्यक्रमको सट्टामा मुख्यमन्त्री शैक्षिक सुधारका कार्यक्रम लागु गर्ने, प्रदेश सरकारको कार्य विभाजन नियमावलीको अनुसूचीममा रहेर हेरफेर भए अनुसार सम्बन्धित मन्त्रालहरुलाई अभिलेख र सम्पत्ति दायित्व र जनशक्ति समेत हस्तातरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज केसीले जानकारी दिए ।

बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्ती रोल्पाका रमेश बहादुर वली क्षेत्रीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बैठकले झिमरुक गाउँपालिका प्यूठानको केन्द्र भ्यागुतेको सट्टा मच्छि कायम गर्ने, त्रिवेणी गाउँपालिकाको वडा, रोल्पा नगरपालिका वडा थपघट तथा समायोजन, बुटवल उपमहानगरपालिकाको थपघट तथा समायोजनबारे निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !