६ आश्विन २०८१, आइतबार

‘फ्रेन्च फ्राइज’ होइन मेन्युमा ‘फ्रिडम फ्राइज’ फेरि ट्वीटर ट्रेन्डिङमा

प्रकाशित मिति :  18 September, 2021 5:10 pm


काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रका केही मेन्युमा ‘फ्रिडम फ्राइज’ फेरि ट्वीटर ट्रेन्डिङमा फर्किएको छ । अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुसको युगमा अमेरिका र फ्रान्सबीचको सम्बन्धमा विवाद उत्पन्न भएका बेला मेन्युमा ‘फ्रिडम फ्राइज’ परेको थियो ।

अहिले उनै बुसले अफगानिस्तानमा आक्रमण गरेको आंतक माथिको युद्ध ‘वार अन टेरर’को युग अमेरिकी सेना फिर्ता भएपछि समाप्त भइरहेका बेला ‘फ्रिडम फ्राइज’ फेरि मेन्युमा पर्न थालेको विषय ट्वीटरमा टे«न्डिङमा आएको हो ।

अहिले अमेरिकाले बेलायतसँग मिलेर अस्ट्रेलियाले फ्रान्ससँग गरेको परमाणु पनडुब्बी बनाउने सम्झौता खोसिलिएको छ । फ्रान्सले त्यसको विरोधमा पिठ्युमा छुरा रोपिएको टिप्पणी गरी अमेरिका र अस्ट्रेलियाबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

बुसले इराकमाथि आम विनाशकारी हातहतियार राखेको भनी गरेको आक्रमणका बेला फ्रान्सले विरोध गरेको थियो । त्यतिखेर ‘फ्रिडम फ्राइज’ मेन्युमा आएको थियो ।

फ्रान्सले आफूलाई थाहा नदिएर अर्बौ डलर बराबरको सम्झौता अमेरिका र अस्ट्रेलियाले समाप्त पारे भने लगत्तै फ्रेन्च फ्राइजको ठाउँमा फ्रिडम फ्राइज ट्वीटरमा ट्रेन्डिङ सुरु भयो ।

यो फ्रिडम फ्राइज नर्थ क्यारोलिनाको एक रेस्टरन्ट मौलिकरूपमा सुरु भएको थियो । रिपब्लिकन पार्टीका बलिया नेताहरूले युद्ध विरोधी अडानका कारण फ्रान्सलाई धक्का दिन फ्रिडम फ्राइजको अभियानलाई उठाएका थिए । यो देशभरको मेन्युमा मात्र परेन संसदको क्याफ्टेरियाको मेन्युमा पनि पर्‍यो।



प्रतिक्रिया दिनुहोस !