६ आश्विन २०८१, आइतबार

‘अफगानिस्तानमा अमेरिकी असफलताले पाकिस्तानलाई बलिको बोको बनाइरहेको छ’

प्रकाशित मिति :  18 September, 2021 5:29 pm


काठमाडौं । अफगानिस्तानमा अमेरिकी सफलताले पाकिस्तानले बलिको बोको बनाइरहेको बताउँदै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान अहिले सबैभन्दा बढी दुखाइको महशुस गरिरहेको बताए ।

अमेरिकाको साथ दिइरहेकाले पाकिस्तानलाई ठूलो मूल्य चुकाउनुपरेको बेला अमेरिकी राजनीतिज्ञहरूले पाकिस्तानलाई नै आरोपित गरिरहँदा साह्रै दुखेको उनले बताएका हुन् ।

अमेरिकाको विदेश मामिलासम्बन्धी संसदीय सम्बन्धित समितिका सदस्यहरूले पाकिस्तानलाई आरोप लगाएको प्रधानमन्त्री खानले आरटीसँगको अन्तर्वार्तामा आक्रोश पोखेका छन् ।

पाकिस्तानले अमेरिकालाई सघाएर ठूलो घाटा बेहोरेको बताए । अमेरिकाले गरेका २ लाख ८० हजार ड्रोन पाकिस्तानमा सञ्चालन ग¥यो ।

ज्यान गुमाउनेहरूमा पाकिस्तान एक नम्बरमा रहेको भन्दै प्रधानमन्त्री खानले ८० हजार ज्यान एक्लै पाकिस्तानमा गएको छ ।हजारौं हजार अपाङ भएका छन् ।

अमेरिकी संसदको संसदीय समितिका रोर्बट मेनेन्देजले पाकिस्तानले दोहोरो भूमिका खेलेको र तालिबानलाई सुरक्षित आश्रय दिएको आरोप लगाएको विषयमा आपत्ति जनाउँदै खानले यस्तो बताएका हुन् । सिनेटको सुनुवाइमा पाकिस्तानले अमेरिकाको सो युद्धमा गरेकाो त्याग बलिदानलाई स्वीकार गर्नुको साटो इन्कार गरेकोमा पाकिस्तानी भएका नाताले आफ्नो चित्त दुखेको खानले बताए ।

खानले भने तालिबानलाई सजाय दिएर होइन सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । तालिबानमा विभिन्न समूहको सहभागितामा बनेको छ । यस्तो समावेशी सरकारले अफगानिस्तानलई दीर्घकालीन स्थायित्व दिन सक्ने खानले बताए ।



प्रतिक्रिया दिनुहोस !