१३ मंसिर २०८१, बिहिबार

बुद्धभुमि नेपाल हाइड्रोपावरले असोज ११ गते देखि आइपीओ निष्काशन गर्दै

प्रकाशित मिति :  19 September, 2021 10:29 am


काठमाडौं । यहि असोज ११ गते देखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ लाख मूल्य बराबरको आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

निष्काशन गरिने कुल ८ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले असोज ११ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ ।

सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीले उक्त साधारण आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सभिल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !