९ माघ २०८१, बुधबार

संविधान पालनमा केही चुनौती आए पनि सही बाटोमा फर्किएर अगाडि बढिरहेको छ : मुख्यमन्त्री केसी

प्रकाशित मिति :  19 September, 2021 10:38 am


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले संविधानमार्फत समृद्ध प्रदेश, राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त भएका छन् ।

संविधान दिवसको दिन शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री केसीले नयाँ संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनमा केहीं चुनौती आए तापनि राष्ट्र सही बाटोमा फर्किएर अगाडि बढिरहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“ म यस अवसरमा संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै प्रदेशवासी एवं नेपालीहरुमा आग्रह गर्दछु । संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ ।”

उनले ‘समृद्ध लुम्बिनी , आत्मनिर्भर लुम्बिनी’ बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीयतह गरी ३ तहको राज्यको संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्था अनुसार प्रदेश सरकारलाई संघ र स्थानीय तहरुलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी , आत्मनिर्भर लुम्बिनी” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !