संविधान दिवसको अवसरका ४० भन्दा बढी उद्योगी/व्यवसायी तथा बैंकर विभूषित हुँदै
काठमाडौं । संविधान दिवसको अवसरमा तीन दर्जन बढी उद्योगी/व्यवसायी, बैंकर, बीमक लगायत आर्थिक क्षेत्रमा क्रियाशीलहरु पनि विभूषित हुने भएका छन् । आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् ।
जसमध्ये ४० बढि जना भने उद्योगी व्यवसायी परेका छन् । राष्ट्रपति कार्यालयका अनुसा आज विभुषित हुनेमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत उद्योगी व्यवसायी विभुषित भएका हुन् ।
उद्योगीहरुमध्ये नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सिएनआईका अध्यक्ष विष्णु कुमार अग्रवाल भने सुप्रवल जनसेवाश्री पदवीबाट विभुषित भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छादेखि सेयर बजारमा सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौड्यालसम्मले विभिन्न पदक पाउने भएका हुन् ।
बैंकर तथा व्यवसायी देवीप्रकाश भट्टचन लगायतका उद्योगी/व्यवसायी सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् । यो मानपद्वी र विभूषणबाट सम्मानित हुने अन्यमा सुरेन्द्रवीर मालाकार, डा. उपेन्द्र महतो र कैलाशचन्द्र गोयल रहेका छन् ।
यस्तै, सामाजिक संस्था मारवाडी सेवा समिति कीर्तिमय राष्टदीप पदकबाट विभूषित भएको छ । यस्तै, प्रवल जनसेवा श्रीबाट सेयर बजारमा सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौड्याल पनि विभूषित हुनेछन् । यो विभूषण पाउनेमा बैंकर उपेन्द्र पौड्याल, रविना देशराज जोशीदेखि बीमक सुनिलबल्लभ पन्तसम्म छन् ।
प्रवल जनसेवा श्रीबाट विभूषित हुने अन्यमा निर्माण व्यवसायी रमेश शर्मा, काठमाण्डौका व्यवसायी मोतीलाल दुगड, सञ्जकुमार खेतान, राष्टिय सहकारी बैंकका बद्री गुरागाई, सौरभ दुगड, निर्माण व्यवसायी हुमनाथ कोइराला, सिद्धार्थ विजिनेश ग्रुपका पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, लेखापरीक्षण व्यवसायी नारायण बजाज, बीमक दीपप्रकाश पाण्डे, व्यवसायीहरु कुञ्ज अग्रवाल, अर्जुमान सैजू, गोविन्द गोइन्का, नारायण अग्रवाल, पर्यटन व्यवसायी राजु ढकाल र व्यवसायी देवकिशन मुन्दडा रहेका छन् ।
यस्तै, जसनेवा श्रीबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ला लगायतका उद्योगी व्यवसायी विभूषित भएका छन् । यो विभूषण पाउने अन्यमा रुपन्देहीका व्यवसायी कमलकिशोर मालापनी, पाल्पाका यादवसिंह कार्की, पवन मिष्ठान भण्डारका राधेश्याम हलुवाई, बैंकर दीलप्रकाश भट्ट, सहकारी अभियन्ता चन्द्र ढकाल, पोखराका कृषि व्यवसायी अम्मरबहादुर बानियाँ, साना उद्योग व्यवसायी सागर थापा, पर्यटन व्यवसायी प्रेमकण्ठ श्रेष्ठ, रुपन्देहीका व्यवसायी चुन्नप्रसाद पौडेल, काठमाण्डौका व्यवसायी नरिश्वर शर्मा रहेका छन् ।