सेञ्चुरी क्यापिटलले ६.३५ प्रतिशत लाभाशं दिने
प्रकाशित मिति : 19 September, 2021 12:01 pm
काठमाडौं । सेञ्चुरी क्यापिटलकोले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ६.३५ प्रतिशत लाभाशं दिने भएको छ । कम्पनीले पाँचौं वार्षिक साधारण सभा यही असोज २४ गते बोलाएको छ ।
सभामा कम्पनीले चुक्ता पुँजीको ६.२५०% नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्नेछ । नगद लाभांश प्रयोजनका लागि यसले १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको क्यापिटलले बताएको छ ।