७ मंसिर २०८१, शुक्रबार

भोलिदेखि १० हिमाली जिल्लाका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदै

प्रकाशित मिति :  19 September, 2021 5:36 pm


काठमाडौं । भोलिदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

भोली सोमबारदेखि ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । बाँकी ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ ।

सरकारले मनाङ, मुस्ताङ र रुकुम पूर्व बाहेकका जिल्लामा असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी गरेको छ । मनाङ, मुस्ताङ र रुकुमपूर्व पूर्ण खोप जिल्लाका रुपमा घोषित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !