४ कार्तिक २०८१, आइतबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  20 September, 2021 11:04 am


काठमाडाैं ।  नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य घटेको छ । आईतबार ८९ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार प्रतितोला २ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८हजार ४ सय ५० रहेको छ ।

आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला ११३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !