६ आश्विन २०८१, आइतबार

क्यानाडा प्रधानमन्त्रीको लिबरल पार्टीले सदनमा बहुमत ल्याउन सकेन

प्रकाशित मिति :  21 September, 2021 2:06 pm


काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडउको लिबरल पार्टीले सदनमा बहुमत पु¥याउन सकेको छैन् ।

ट्रडउको यो विजय संघीय निर्वाचनको तेस्रो विजय हो ।

लिबरल पार्टीले १५६ सिटमा जित्न देखिएको छ । सदनमा उनलाई चाहिने १७० सिटको बहुमत भने पुग्न सक्ने देखिएको छ्रैन् ।

कन्जरभेटिभ पार्टीले प्रमुख प्रतिपक्षीको हैसियतमाा आउने र सो पार्टीले १२२ सिट जित्ने अपेक्षा गरिएको छ ।

कोभिड –१९ वैश्विक महामारीको चौथो महामारी भइरहेको बेला भएको क्यानाडाको निर्वाचन देशको इतिहासमै सबै भन्दा महँगो निर्वाचन भएको देखिएको छ । निर्वाचनको लाग ४७ करोड अमेरिकी डलर बराबरको खर्च भएको हो ।

निर्वाचनको नतिजा सन्२०१९मा भएको निर्वाचन जस्तै देखिएको छ ।

सदनमा बहुमत पुग्ने अपेक्षाले गरिएको मध्यावधि निर्वाचनको परिणामलाई कन्जरभेटिभका नेता इरिन ओ टुलेले समय र धन दुवैको नास भएको टिप्पणी गरेका छन् ।

क्यानाडामा अल्पमतको सरकार चलनचल्तीको सरकार हुने गरेको छ । विगत १५ वर्षमा चार पटक अल्पसंख्य सरकार बन्दैआएका छन् ।

देशको बामपन्थी न्यु डेमोक्रेट्सले धेरै धनीलाई कर लगाउने एजेन्डा बोकेर सो पार्टीका नेता जगमितसंह चुनावमा गएका थिए ।



प्रतिक्रिया दिनुहोस !