९ माघ २०८१, बुधबार

गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाकाे मृत्यु

प्रकाशित मिति :  22 September, 2021 9:04 am


संकेतिक फाइल फोटो

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । मंगलबार राति भएको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको हो ।

रेसुङ्गा नगरपालिका वडा नंम्बर ८ खानिगाउँ थुम्का बस्ने तिलक परियारको घर पुरिँदा एउटै कोठामा सुतेका २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

परियारको घरमा उनका उनी, श्रीमती र चार जना छोरी रहेका थिए । जसमध्ये तीन जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

पुरिएको शवलाई स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !