१३ मंसिर २०८१, बिहिबार

आजदेखि दोस्रो बजारमा मैलुङ खोलाको सेयर कारोबार खुल्यो

प्रकाशित मिति :  22 September, 2021 11:43 am


काठमाडौं । आजदेखि मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको छ । हिजो नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएसँगै आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ ।

स्पेसल प्रि–ओपन सेसनमा सोही रेन्जभित्र यो कम्पनीको सेयर किनबेच भएपछि कारोबार खुलेको हो । पहिलो कारोबार १८६.५ रुपैयाँमा भएको छ ।
नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीले ९५.७५ रुपैयाँदेखि २८७.२५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

मैलुङ खोला जलविद्युतलाई ‘एमकेजेसी’ कारोबार संकेत प्रदान गरेको छ । नेप्सेमा मैलुङ खोला जलविद्युतको कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको छ ।

कम्पनीले गत साउन दोस्रो साता सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो।



प्रतिक्रिया दिनुहोस !