१३ मंसिर २०८१, बिहिबार

विकास बैंकको कर्जा लगानी दोब्बरले बढ्यो

प्रकाशित मिति :  22 September, 2021 12:39 pm


काठमाडौं । पछिल्लो साता विकास बैंकहरुको कर्जा लगानी करिब दोब्बरले वृद्धि भएको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ३९ करोडले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड पुगेको हो ।

अघिल्लो गत हप्ता बैंकहरुले जम्मा २ अर्ब ८९ करोड मात्र कर्जा लगानी गरेका थिए । एसोसिएसनका अनुसार यस्तो कर्जा लगानी बैंकहरुले गत हप्तासम्म कुल तीन खर्ब ६८ अर्ब ८० करोड गरेका थिए ।

यस्तै, यता निक्षेप संकलनको दर समेत गत हप्ताको तुलनामा यस हप्ता ०.५९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १९ अर्ब ८४ करोड पुगेको एसोसिएसनले जनाएको छ ।

गत हप्तासम्म कुल ४ खर्ब १७ अर्ब ३८ करोड निक्षेप संकलन गरेका बैंकहरुले यस हप्ता दुई अर्ब ४८ करोडले निक्षेप वृद्धि गर्दै ४ खर्ब १९ अर्ब ८४ करोड पुर्याएका हुन् । यस्तै, अन्य क्षेत्रीय विकास बैंकहरुले समेत समीक्षा अवधिमा सामान्य रुपमा निक्षेप तथा कर्जा लगानी वृद्धि गरेको एसोसिएसनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !