९ माघ २०८१, बुधबार

परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्री जयशंकरले दिए बधाई, अमेरिकामा भेटवार्ता हुने

प्रकाशित मिति :  23 September, 2021 10:01 am


काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक बधाई दिएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले डा. खड्कालाई सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । भारतका विदेशमन्त्रीले खड्कासँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका डा. खड्का सोही दिन कार्यभार सम्हालेलगत्तै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् । हिजो राति न्युयोर्क प्रस्थान गरेका खड्का आज अपराह्न त्यहाँ पुग्दै छन् ।

महासभामा भाग लिने सिलसिलामा भारतीय विदेशमन्त्री जयशंकर पनि हाल न्यूयोर्कमै रहेका छन् भने परराष्ट्र मन्त्री खड्का सोही सिलसिलामा आज अपराह्न त्यहाँ पुग्दै छन् ।

 



प्रतिक्रिया दिनुहोस !