८ मंसिर २०८१, शनिबार

काठमाडौं महानगरभित्रका विद्यालयमा आतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन हुने

प्रकाशित मिति :  23 September, 2021 2:59 pm


काठमाडौं । काठमाडौं महानगरभित्रका विद्यालयमा आइतबारदेखि भौतिक उपस्थितमै पठनपाठन हुने भएको छ ।

महानगरपालिकाको शिक्षा शाखाले बैठकले आइतबारबाट भौतिक उपस्थितिमै विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।

भौतिक उपस्थितिमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर सोहीअनुसारको कार्ययोजना बनाई महानगरमा पेस गर्नुपर्नेछ । सोही कार्ययोजनाअनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिनेछ।

विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्नेछ।

शिक्षक, कर्मचारी, चालकलगायत सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ । खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था गर्नेछ।

यसरी भौतिक रुपमा विद्यालय खोल्दा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ। विद्यार्थी धेरै भएको अवस्था तथा अभिभावक सहमत नभएको अवस्थामा विद्यालय खोल्न बाध्यकारी नहुने पनि शिक्षा शाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !