१३ मंसिर २०८१, बिहिबार

नेप्सेमा सामान्य वृद्धि, सानिमा बैंकको सर्वाधिक कारोबार

प्रकाशित मिति :  23 September, 2021 3:27 pm


काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेप्से सामान्य अंकले बढेको छ । ३ साता देखि लगातार घटेको नेप्से मंगलबार देखि उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५३०.०२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बैंक र फाइनान्सबाहेक बाँकी ११ वटा उपसमूहको सूचक घटेको छ ।

आज कारोबारका आधारमा सानिमा बैंक सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ३४ करोड १५ लाख ८३ हजार ९ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरुले सबैभन्दा धेरै नाफा कमाएका छन् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् कम्पनीको सेयर मूल्य ५.०९ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको एक करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !