६ आश्विन २०८१, आइतबार

क्यानाडाले ह्वावे प्रमुखकी छोरी रिहा गरेपछि चीनले पनि क्यानाडियन रिहा गर्‍यो

प्रकाशित मिति :  25 September, 2021 6:58 pm


काठमाडौं । क्यानाडाले ह्वावे कम्पनीका प्रमुखकी छोरी तथा कम्पनीकी प्रमुख वित्तीय अधिकारी मेङ वानझाउलाई रिहागरे पछि चीनले पनि दुई क्यानाडियालीलाई रिहा गरेको छ ।

यो प्रसङबाट चीन र पश्चिमा देशहरूबीच उत्पन्न कुटनीतिक तनाव मत्थर हुँदै गएको देखिएको छ ।

अमेरिकाले क्यानाडालाई भनेर ह्वावेकी कार्यकारी मेङलाई सन् २०१८को डिसेम्बरमा गिरफ्तार गर्न लगाएको थियो ।

शुक्रबार अमेरिकाको न्याय विभागले मेङ विरूद्धको मुद्दा तत्काल नचलाउने निर्णय गरेपछि क्यानाडाले उनलाई रिहा ग-यो ।

मेङलाई रिहा गरिएको केही घन्टा पछि चीनले पनि जासुसी गरेको आरोपलगााई हिरासतमा राखेका दुई क्यानाडियाली माइकल स्पाभोर र माइकले कोभरिङलाई रिहा गर्ने घोषणा ग-यो ।

मेङ क्यानाडाबाट चीन फर्केजस्तै उनीहरू पनि क्यानाडा उडि गएका छन् ।

चीनले क्यानाडियालीलाई मेङलाई गिरफ्तार गरी राखेको आरोलाई इन्कार गर्दै आाएको थियो ।

क्यानाडियालीहरूले गएको एक हजार जेल जीवन बिताएर परिवारसँगको मिलनका लागि क्यानाडाका लागि उडिसकेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडउले बताए ।

चीनका लागि क्यानाडाका राजदूत डोमिनिक बार्टोनसँग उनीहरू क्यानाडाका लागि उडेको उनले जनाए ।

मेङ ह्वावेका संस्थापक अर्बपति रेन झेङफेइकी छोरी हुन् ।

मेङले तीन वर्ष घरमा नजरबन्द भइ क्यानाडामा बसेकी थिइन् ।

क्यानाडालाई सुपुर्दगी गर्न अमेरिकाले दबाब दिइ आएको थियो ।

चिनियाँ प्रवक्ता हुआ चुनिङले जनाए अनुसार राजनीतिक प्रेरित मुद्दामा मेङलाई फसाइएको हो ।



प्रतिक्रिया दिनुहोस !