११ मंसिर २०८१, मंगलबार

नेता पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान

प्रकाशित मिति :  29 September, 2021 12:14 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड गएका छन् ।

लामो समयदेखि जण्डिसका कारण पीडित बनेका नेता पुन आज थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका  हुन् । पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनसँग पूर्वसभामुख नेता पुनकी श्रीमती ओनसरी घर्ती पनि गएकी छन् ।

नेता पुनको आजबाट उपचारको प्रकृया सुरु गर्ने र चिकित्सिकसँग समय लिईसकेको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।

गत हप्ता गृह जिल्ला रोल्पा गएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किएर सुमेरु अस्पतालमा उपचार गराएका थिए । तर, स्वास्थ्यमा सुधार हुन नसकेपछि पुन थप उपचारका लागि बैंकक गएका हुन्।



प्रतिक्रिया दिनुहोस !