६ आश्विन २०८१, आइतबार

ठक्कर खाएर उठेको स्टार्टअपको कथा : जिरोबाट ८ वर्षमा ७५ हजार करोड भारुका मालिक

प्रकाशित मिति :  29 September, 2021 1:04 pm


काठमाडौं । भारतमा ३० रुपैयाँबाट व्यवसाय शुरुवात गरेका एक युवा अहिले ७५ हजार करोड भारुको मालिक बनेका छन् । सन् २०१२ सालतिर जाडोयामको एक साँझ थियो, १८ वर्षीय रितेश अग्रवाल दिल्लीको एक मस्जिद मोठ मार्केटमा बसेका   थिए ।

उनीसँग खल्तीमा जम्मा ३० रुपैयाँ मात्रै थियो । जिन्दगीमा पछिको बारेमा सोच्दा ओरावेल स्टज नामका एक असफल स्टार्टअप थिए भने अघिको बारेमा सोच्दा करियरको केही थाहा थिएन ।

तर सन् २०२१ सालमा उही रितेश अग्रवाल विश्वमा आफ्नै मेहनतले बनेका दोस्रो धनी अर्बपति युवा बन्न पुगेका छन् । पहिलो युवा सेल्फ मेड विलेनियर अमेरिकाका मंडल काइली जेनर रहेका छन् ।

सन् २०१३ सालमा सुरु गरेका रितेशका स्टार्टअप ओयो रुम्स महज ८ सालमा ७५ हजार करोडको कम्पनी बन्न सफल भएको छ । यो ८० देशका ८ सय सहरहरुमा विस्तार भैसकेको छ । नेपालका काठमाडौँ, पोखरा लगायतका सहरमा पनि ‘ओयो’ साइनबोर्ड देखिन्छन् ।सस्तो पैसामा स्टाडर्ड रुम र कपल फ्रेण्डली भएसँगै ओयोको कोठा अक्सर चर्चामा रहेको हुन्छ ।

रितेश अग्रवाल ओडिशाको रायगढ जिल्लाको भीषमकटकमा जन्मिएका हुन् । स्कुले दिनमा एन्टर प्रेन्योर बन्न चाहान्थे तर घरकाले आइआईटी को तयारीको लागि कोटा पठाए । तर रितेशको मन थिएन त्यसले उनले यात्रा गर्न सुरु गरे ।

यात्राका क्रममा उनले होटलधनीसँग अनुरोध गर्थे कि “मलाई यहाँ बस्न दिनुहोस् मैले होटल उद्योगको एउटा ठलो समस्या समाधान गर्न चाहन्छु ।” कसैले उनलाई केही छुट दिन्थे भने कसैले ठाडै इन्कार गर्थे, यसैबीच उनले करिब १०० ठाउँका २०० होटलमा बसे ।

होटलको समस्या देखेपछि दिमागमा उपाय पुर्‍यो

यात्रा गर्ने तथा होटलमा बस्दाको दौरान उनले होटल उद्योगको एउटा ठुलो समस्याको पत्ता लगाएका थिए । उनले दिमागमा एउटा उपाय आयो र उनले २०१२ मा ओरावेल स्टेस नामको स्टार्टअप सुरु गरे ।

यसमा उनी सस्तो होटलवाला सँग गएर मिल्ने गर्दथे, उनको होटलका कोठाको लुक एण्ड फिल ठिक गर्दथे । त्यसपछि उनले ती कोठाको लागि ग्राहक खोज्ने काम गर्दथे । तर यो काम राम्रोसँग नचलेपछि धेरै घाटा व्यहोर्नु पर्यो यसैबीच उनले ३० रुपैयाँ लिएर दिल्लीको मोठ मार्केटमा बसेर भविष्यको बारेमा सोचिरहेका थिए ।

एउटा फेलोशिपबाट गरे लगानीका लागि जुगाड

२०१३ सालमा रितेश थिएल फेलोसिपको लागि चुनिए । २ सालसम्म चल्ने उक्त कार्यक्रममा १ लाख रुपैयाँ डलर अथात् भारतीय रुपैयाँ ७५ हजार मिलेको थियो । यसैबीच उनले २०१३ सालमै सस्ता होटललाई लक्षित गरेर ओयो रुम्स् लन्च गरे । उनी होटलवालेसँग जान्थे अनि आफ्नो साथ जोड्थे ।

यसपछि उनले होटलको ब्राण्डिङ, प्रविधी, मार्केटिङ, सहयोग, ग्राहक व्यवस्थापन तथा लुक एण्ड फिलमा काम गर्दथे । यसरी होटलको व्यवसाय २ गुणा सम्म बढ्दथ्यो । यसरी विस्तारै उनको अवधाराणा लोकप्रिय हुँदैगएपछि राम्रो आम्दानी हुन थाल्यो ।

रणनीति: सस्तो उत्कृष्ट कोठा तथा जोडीमैत्री वातावरण

ओयोको पुरा रुप हो, ‘अन योर ओ’ अर्थात् ‘तपाइको आफ्नोमा’ । यसको अर्थ सवै आफ्नो नियन्त्रणमा । जुन होटलको रुममा बस्नुहुन्छ त्यहाँ सबै तपाईकै नियन्त्रणमा हुन्छ, उच्चस्तरको सेवासुविधासहित । १७ वर्षमै पढाई छोडेका रितेशले त्यसपछि उनले व्यावसायिक जीवन शुरु गरे । सस्तोमा राम्रो बासस्थानको रुपमा ओयोको थालनी गरे ।

ओयोले स्थान, गुणस्तर र पैसामा केन्द्रित हुँदै नयाँ होटल नबनाई पहिले नै स्थापित पुरानै होटलसँग साझेदारी गरेर सुरु गरे । त्यस्तै उनले होटल खोज्नुको सँगै सहज बुकिङ, विना झन्जट चेक इन तथा चेक आउट तथा ग्राहकको सन्तुष्टिमा पुरा ध्यान   दिए ।

प्रविधि मार्फत ग्राहक तथा साझेदारी दुबैको जिन्दगी सहज भएसँगै तीन क्लिक तथा पाँच सेकेन्डमै कोठा बुक गर्न सकिनेछ । जस्तै भारतमा आवश्यकता अनुसार जोडीको सस्तोमा कोठा पाउन मुस्किल भएकै कारण ओयोले जोडीमैत्री होटलको रुपमा प्रमोट गरे ।

भविष्य: आइपीओ जारी गर्ने देखि मल्टि बिजनेससम्म

ओयो रुम्स् अहिले ६८ प्रतिशत मार्केट शेयर के साथ भारतको सबैभन्दा ठुलो चेन होटल हो । यसको प्रतिर्शप्रधामा एयर बीएनबी, यात्रा, फैब होटल्स, क्लियर ट्रिप, बुकिङ, काम, टिबो तथा केय माय ट्रिप सामेल छन् । भविश्यको लागि ओयोले मल्टि बिजनेस बिस्तार गरेको छ । जस्तै आयो टाउनहल, ओयो वेडिङ्स, ओयो वर्कस्पेस आदी यी सबै हस्पिटालिटीसँगै जडिएका व्यवसाय रहेको रितेशले बताएका छन् ।

यसका साथै आगामी हप्ता ओयोले साधारण सेयर आइपीओ जारी गर्न आवेदन दिने सम्भावना रहेको छ । उनका अनुसार २०२१ को अन्तिमसम्म कम्पनीले ८ हजार करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न सक्नेछ ।

 



प्रतिक्रिया दिनुहोस !