९ माघ २०८१, बुधबार

लुम्बिनी प्रदेश सभा बैठक सूचना टासेर स्थगित

प्रकाशित मिति :  29 September, 2021 3:25 pm


रुपन्देही । लुम्बिनी प्रदेश सभा बैठक सूचना टास गरेर स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलले आफ्नो विधान महाधिवेशनमा सहभागी हुनुपर्ने जानकारी गराएको भन्दै सभामुख पूर्णबहादुर घर्तीको निर्देशन अनुसार बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि भदौ १ गते प्रदेश सभाको नवौं अधिवेशन आह्वान भएपनि एमालेले अवरोध कायमै राखेको छ । एमालेले आफ्नो पार्टीले दुई जना सांसदलाई कारवाही गरेको जानकारी प्रदेश सभालाई गराउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको हो ।

यस बिचमा मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकारका तर्फबाट केही विधेयक पेश भएका छन् । तर सहज रुपमा बैठक भने चल्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !