९ माघ २०८१, बुधबार

लुम्बिनी प्रदेशमा मानव अधिकारको संरक्षण र सम्र्बद्धनमा प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री केसी

प्रकाशित मिति :  30 September, 2021 5:00 pm


फाइल फोटो

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले मानव अधिकार रक्षा र आम नागरिकलाई प्रत्याभूति गराउन प्रदेश सरकार निरन्तर लागि रहेको बताएका छन् ।

नागरिकको मावन अधिकारको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री केसीले नेपाल र नेपाली जनताको मानव अधिकारका लागि प्रदेश सरकार सधै तयार रहेको बताएका हुन् ।

उनले सम्मान पूर्वक वाँच्न पाउने नागरिकको अधिकारलाई राज्यले सुनिश्चिता गर्न समेत निरन्तर लागेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय ललितपुरले बुटवलमा गरेको विश्वव्यापी आवधिक समिक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री केसीले नेपाल विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले त्यसलाई पनि समाधान गर्नका लागि राज्य नै लाग्नु पर्ने र संघीय सरकारले बढी जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

उनले मानव अधिकारको क्षेत्रमा काम गर्ने आयोग लगायत अन्य निकायहरू पनि अपसी सहकार्य र सहमतिबाट अगाडि बढेर नेपालमा मानव अधिकार मैत्री देश बनाउनको लागि सरकारसँग विगतदेखि हातेमालो गरिरहेको स्मरण गराउँदै आगामी दिनमा पनि अझै बढवा दिनुपर्ने बताए ।

नागरिता सम्बन्धी अधिकार संघीय सरकारले नै बढी जिम्मेवार हुनुपर्ने बताउँदै संघ र स्थानीयतहहरूलाई पुलको रुपमा जोड्ने कार्यमा निरन्तर लागेर प्रदेशलाई मानव अधिकार मैत्री बनाउन सकिने मुख्यमन्त्री केसीको भनाई थियो ।

उनले मानव अधिकारको क्षेत्र विशाल र विस्तृत रुपमा भएकोले गर्दा यसका अधिकार क्षेत्रका विषयमा सबैलाई बुझाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !