देशभर थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । देशभर थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १ हजार ३६६ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५३ जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ३६९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २६७, ललितपुरका ६५ र भक्तपुरका ३७ जना छन् ।