विदेशमा हुनुहुन्छ ? हेर्नुहोस् कुन देशमा कतिबेला लगाउने दशैंको टिका
काठमाडौं । विदेशमा रहेका नेपालीहरुले विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखिएकाले विभिन्न देशमा टीका लगाउने साइत तयार पारिएको समितिले जनाएको छ ।
समितिका अनुसार नेपालमा दसैँको टीकाको उत्तम साइत असोज २९ गते बिहान १०ः ०२ मिनेटमा रहेको छ ।
यसैगरी भारतको दिल्लीमा १५ अक्टोबरको दिन बिहान ९ः०५ मिनेटमा टीकाको साइत रहेको समितिले जनाएको छ।
समितिका अनुसार अमेरिकाको न्युयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन क्रमशः बिहान ९ः२५, ८ः४५, ८ः१५ र ७ः१५ बजे दसैँको टीका लगाउने उत्तम साइत रहेको छ।
क्यानडाको टोरेन्टोमा १५ अक्टोबरमा बिहान ८ः३५ बजे र जापानको टोकियोमा १५ अक्टोबरमा बिहान ११ः०५ दसैँको टीका लगाउने उत्तम साइत परेको छ।
त्यस्तै अस्टेलियाको मेलर्बन, सिड्नी र ब्रिसवेनमा क्रमश : बिहान १०ः२५, १०ः३१, १०ः२९ बजे उत्तम साइत रहेको समितिले जनाएको छ ।