११ मंसिर २०८१, मंगलबार

क्रुज सिपको ड्रग्स पाटीमा एनसीबीको छापा, शाहरुख खानका छोरा पक्राउ

प्रकाशित मिति :  3 October, 2021 2:22 pm


काठमाडौं ।  भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पाटी चलिरहेको अवस्थमा प्रहरीले पक्राउ गरेको हो । उक्त क्रुजमा ६ सय जना सवार रहेका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहरीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका छन् । तर को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन ।

भारतीय संचारमाध्यामका अनुसार एनसिबीका अधिकारीहरुले शाहरुखका छोराको फोन चेक गरेको र उनीसँग सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

एनसीबीले उ्रक्त क्रुजमा भएको पार्टीमा लाघुऔषध दिएको छ भन्ने पहिल्यै सुचना पाएको थियो । उक्त सूचनाको आधारमा एनसीबीका अधिकारीहरु यात्रु बनेर क्रुजमा सवार थिए । शनिबार रेव पार्टी चलिरहेकै बेला एनसीबीका अधिकारीहरुले छापा मारेर १३ जनालाई पक्राउ गनुका साथै भारी मात्रामा लागुऔषध बरामद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !